logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • पानी नपरेपछि गोठालो डेरीले गर्यो भ्यागुताको बिहे

    पानी नपरेपछि गोठालो डेरीले गर्यो भ्यागुताको बिहे

    884
    Shares
    पानी नपरेपछि गोठालो डेरीले गर्यो भ्यागुताको बिहे

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको गोठालो डेरीले पानी नपरेको भन्दै भ्यागुताको बिहे गराएको छ ।

    पानी पारिदिन भन्दै उक्त डेरीले आज सोमबार बिहानै एक जोडी भ्यागुताको बिहे गराइएको हो । लामो समयदेखि धनगढी लगायतका ठाउँमा पानी नपर्दा गर्मी अत्याधिक बढेको छ ।

    गर्मिका कारण स्थानीयवासीहरुलाई अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्किन समेत समस्या पर्ने गरेको छ ।

    भ्यागुताको बिहे गरेपछि पानी पर्ने जन विश्वासका साथ गोठालो डेरीले एक जोडी भ्यागुता खोजेर बिहे गराएको बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend