logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • बैतडीमा सार्वजनिकस्थलमा धूम्रपान गर्ने २५ जनालाई कारबाही

    बैतडीमा सार्वजनिकस्थलमा धूम्रपान गर्ने २५ जनालाई कारबाही

    572
    Shares
    बैतडीमा सार्वजनिकस्थलमा धूम्रपान गर्ने २५ जनालाई कारबाही

    बैतडी । बैतडीमा गत फागुनदेखि सार्वजनिकस्थलमा धूम्रपान गर्न निषेध गरिएको छ । सार्वजनिकस्थलमा धूम्रपान गर्ने २५ जनालाई कारबाही गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला प्रहरी कार्यालय बैतडीले यस अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ ।
    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी एवं प्रवक्ता खेमविक्रम केसीले सचेतना अभिवृद्धि र कारबाही प्रक्रियालाई सँगै अगाडि बढाइएको बताए ।

    उनले गत फागुन ११ गतेदेखि हालसम्म सार्वजनिक स्थानमा धूम्रपान गर्ने २५ जनालाई कारबाही गरिएको जानकारी दिए । उनीहरुबाट जनही १०० रुपैयाँ जरिवाना असुल गरिएको छ । गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालगायत सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधिसहितको बैठकले सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेअनुसार अभियान अगाडि बढाइएको थियो ।

    शुभारम्भमा सचेतनाका लागि प्रचारप्रसार गरी फागुन ११ गतेबाट प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो । “लागुऔषध नियन्त्रण तथा सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि प्रहरी कार्यालय, मातहतका प्रहरी चौकी, सञ्चार माध्यम सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ गरेर सुरुमा सचेतना अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाएका थियौँ,” प्रहरी प्रवक्ता केसीले भने, “सार्वजनिक स्थानमा धूम्रपान निषेधपश्चात पनि अटेरी गर्नेलाई कारबाही गरिरहेका छौँ । यो अभियान प्रभावकारी बन्दै गएको छ ।”

    सुरुमा धेरैले नराम्रो माने पनि पछिल्लो समय सार्वजनिकस्थलमा खुलारुपमा गर्ने धूम्रपानले महिला, बालबालिका तथा अन्य व्यक्तिहरुमा पर्ने प्रभावका बारेमा जानकारी दिएपछि अहिले निकै सुधार भएको केसीको भनाइ छ । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend