logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस् : प्रदीप पौडेल

    राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस् : प्रदीप पौडेल

    546
    Shares
    राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस् : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी नगराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले हालै राष्ट्रपति रामचन्द्र पौडेलको जारी जर्मन भ्रमण र प्रधानमन्त्री दाहालको केही दिनअघि सम्पन्न भारतबारे संसदलाई जानकारी नगराएकोमा आपत्ति जनाएका हुन् ।

    मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले राष्ट्रप्रमुख र सरकार प्रमुखको भ्रमणबारे संसदलाई जानकारी गराउने परम्पराको अन्त्य नगर्न पनि सरकारलाई सचेत गराए । सांसद पौडेलले वृद्धवृद्धा र अपांगता भएकाहरुलाई घरघर राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

    उनले भने, ‘अहिले सम्माननीय राष्ट्रपति जर्मनको भ्रमणमा हुनुहुन्छ । केही समय अगाडि सम्माननीय प्रधानमन्त्रीज्यु भारत भ्रमण सकेर स्वदेश फर्कनुभयो । उहाँ फर्केपछि संसदको बैठक ६ पटक बसिसक्यो । तर यी दुवै भ्रमणको बारेमा औपचारिक रुपमा संसदलाई जानकारी गराइएको छैन । राष्ट्राध्यक्ष र सरकार प्रमुखले गर्ने विदेश भ्रमणको बारेमा संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस् । म ध्यानाकर्षण गर्न चाहन्छु ।

    राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले श्रावण मसान्तसम्म राष्ट्रिय परिचय पत्र दिने सूचना जारी गरेको छ । अहिले ग्याँसको सिडिन्डर बोकेर वृद्धवृद्धाहरु, अपांगता भएका व्यक्तिहरु सिडियो कार्यालय पुग्नुभएको छ । म गृह मन्त्रालयलाई अनुरोध गर्न चाहन्छु–वृद्धवृद्धा समस्या भएका र अपांगता भएका व्यक्तिलाई घरघरमा नै परिचय पत्र दिने व्यवस्था गरियोस् । ’

    सांसद पौडेलले संसद सचिवालयका कर्मचारीको माग जायज रहेको उल्लेख गर्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न पनि सरकारलाई दबाब दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend