काठमाडौं । राष्ट्रिय सभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
मंगलवारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सो पस्तावलाई सभाको बैठकमा निर्णयार्थ पस्तुत गरेका थिए ।
पस्तावको पक्षमा सांसदहरुले सहमति जनाएसँगै अध्यक्ष दाहालले प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे