logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • सांसदका प्रश्नको समयमै जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्ष दाहालको रुलिङ

    सांसदका प्रश्नको समयमै जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्ष दाहालको रुलिङ

    686
    Shares
    सांसदका प्रश्नको समयमै जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्ष दाहालको रुलिङ

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । मंगलबारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकारका समयमा नागरिक सरोकारका विषय र समस्याका सम्बन्धमा विषयहरु उठान भएकाले सरकारका सम्बन्धित मन्त्रीहरुलाई जवाफ दिन ध्यानकर्षण गराएका हुन् ।

    उनले सभाको नियमावलीमा सांसदहरुले उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले तोकिएको समयमा दिनुपर्ने व्यवस्था रहेको भएपनि प्रभावकारी हुन नसकेको बताए । उनले सम्बन्धित मन्त्रीले जवाफ दिने तालिका समेत सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाएको तर जल्दाबल्दा विषयको तोकिएको समयमा सभामा उपस्थित भइ जवाफ दिने अभ्यास प्रभावकारी नभएको बताए ।

    उनले भने, ‘मान्य सदस्यहरु सभाको बैठकमा मान्य सदस्यहरुले आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकारका समयमा नागरिक सरोकारका विषय र समस्याका सम्बन्धमा विषयहरु उठान गर्ने र नेपाल सरकारका सम्बन्धित मन्त्रीहरुको जवाफ आउनुपर्ने विषय राखिरहनु भएको छ । सभाको नियमावलीमा यस्ता विषयको जवाफ सम्बन्धित मन्त्रीले तोकिएको समयमा दिनुपर्ने व्यवस्था समेत गरेको छ ।

    सम्बन्धित मन्त्रीले जवाफ दिने तालिका समेत सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाएको छ । तर यस्ता जल्दाबल्दा विषयको तोकिएको समयमा सभामा उपस्थित भइ जवाफ दिने अभ्यास त्यति प्रभावकारी हुन सकेको छैन । म नेपाल सरकार र सम्बन्धित मन्त्रीहरुलाई सभामा उठेका विषयहरुको समयमै जानकारी लिइ तोकिएकै समयमा सभामा जवाफ दिनुहुन गम्भीर ध्यानाकर्षण गराउँछु ।’

    उनले सभामा उठेका विषयहरुको समयमै जानकारी लिइ तोकिएकै समयमा सभामा जवाफ दिन सरकार र सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend