logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • निश्चित मापदण्डका आधारमा बजेट बनाउनुपर्छ : प्रमुख सचेतक परियार

    निश्चित मापदण्डका आधारमा बजेट बनाउनुपर्छ : प्रमुख सचेतक परियार

    434
    Shares
    निश्चित मापदण्डका आधारमा बजेट बनाउनुपर्छ : प्रमुख सचेतक परियार

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले निश्चित मापदण्डको आधारमा बजेट बनाउनुपर्ने बताएका छन् । उनले विगतदेखि नै बजेट निश्चित विधि र पद्धतीमा नबनेको भन्दै यसकारण बजेटको विरोध हुने गरेको बताए ।

    उनले बजेटको समन्यायिक वितरण हुनुपर्ने बताए । उनले अमुक मन्त्री हाबी हुने बजेट बनाउन बन्द गर्नुपर्ने बताए । उनले सबै निर्वाचन क्षेत्रमा निश्चित न्यूनतम बजेट जाने व्यवस्था गर्नुपर्ने बताए ।

    उनले भने – ‘अब बजेट एउटा विधिमा बनाऔँ । एउटा पद्धतीमा बनाऔँ । यसलाई एउटा सुत्रमा बनाऔँ । समन्यायिक विकासको कुरा हामी सबै गर्छौ । तर समन्यायिक बजेट वितरण किन हुन सक्दैन ? अमुक मन्त्री हाबी हुने बजेट बनाउन अब हामी बन्द गरौँ । एउटा निश्चित मापदण्ड, निश्चित व्यवस्था त गर्न सकिन्छ होला नि त । कानून तर्जुमा गर्न सकिन्छ होला नि त ।

    सरकारका, मन्त्रीको विशेष प्राथमिकता होलान् । तर कमसेकम हाम्रा सबै क्षेत्रमा, सबै भुगोल, सबै निर्वाचन क्षेत्रमा न्यूनतम यति बजेट जाने भन्ने कुरा त गर्न सकिन्छ होला नि । त्यो खालको कार्यपद्धती बनाउन किन नसक्ने ? त्यो गर्न सकियो भने मात्रै बजेट, सरकारका माथि आएका टिकाटिप्पणीहरु कम हुन्छ भन्ने मलाई लाग्छ । अन्यथा फेरि पनि बजेट माथि गर्ने वहस यस्तै रहन्छ ।’

    उनले गृह मन्त्रालयको काम सम्मान गर्न लायक र सन्तुष्ट हुने खालको रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend