logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छेँ

    प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छेँ

    532
    Shares
    प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छेँ

    भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशका प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयताका विषयमा बुझाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

    कानुन अध्ययन समाजले भक्तपुरमा आज आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक कार्यक्रममा उनले तीनवटै तहका १० प्रतिशतभन्दा कम मान्छेले मात्र राजनीति र सङ्घीयताको विषयलाई बुझेकाले सो सम्बन्धमा सबै नागरिकलाई बुझाउनुपर्ने खाँचो औँल्याए ।

    राजनीतिक कार्यकर्ता र संसद् सदस्यले पेन्सन लिन नहुने उल्लेख गर्दै उनले संसद् सदस्यहरुले ठेक्का–पट्टाको काममा हात हाल्न नहुने धारणा व्यक्त गरे ।

    नेता बिजुक्छेँले भने, “संसद् सदस्य ठेक्का–पट्टा र विकास भन्दै हिँड्ने होइन, उनीहरुले त नीति बनाउनुपर्ने हो । नीति बनाउनुपर्ने मान्छेले विकास निर्माण गरेकै कारण सङ्घीयताको कार्यान्वयनमा समस्या आएको हो ।”

    देशका लागि राम्रा, इमानदार र कर्तव्यनिष्ठ कानुनविद्को आवश्यकता रहेको भन्दै  उनले हरेक कुरालाई आलोचनात्मक रुपमा हेर्न र सभ्यतादेखिकै इतिहासको अध्ययन गर्न युवा पुस्ताको ध्यानाकर्षण गरे ।

    समाजका संस्थापक अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान मस्यौदाका क्रममा स्वायतता र विकेन्द्रीकरणमा जोड दिएको स्मरण गर्दै संवैधानिक रूपमा प्राप्त स्थानीय तहको अधिकार क्रमशः खोसिने क्रममा रहेको भनी चिन्ता व्यक्त गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend