डोटी । नेपाली कांग्रेस महासमिति सदस्य एवं डोटीका युवा नेता पदमराज जोशीले डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयलाई एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गरेका छन् ।
बुधवार विद्यालयमा आयोजित एक समारोहमा नेपाली कांग्रेसका नेता जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सिंह र प्रधानअध्यापक खड्कबहादुर सिंहलाई एक लाख ११ हजार एक सय ११ रुपैयाको चेक हस्तान्तरण गर्नु भएको हो ।
बिद्यालयको पठन पाटनमा सहज होस भन्ने उदेश्यले आफुले उक्त रकम सहयोग गरेको नेता जोशीले बताए ।