logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • मागलाई सन्तुलन कायम गर्नेगरी बजेट प्रस्तुत भएको छ : उद्योगमन्त्री भण्डारी

    मागलाई सन्तुलन कायम गर्नेगरी बजेट प्रस्तुत भएको छ : उद्योगमन्त्री भण्डारी

    559
    Shares
    मागलाई सन्तुलन कायम गर्नेगरी बजेट प्रस्तुत भएको छ : उद्योगमन्त्री भण्डारी

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्नेगरी मन्त्रालयको योजना तथा बजेट पस्तुत गरिएको बताएका छन् । बिहीबार विनियोजित मन्त्रालयत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्न दिँदै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

    मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्याङ्कन तथा वस्तु स्थितिको मूल्याङ्कन गरी आगामी आर्थिक वर्षको बजेट प्रस्ताव गरेको बताए । उनले निरन्तर रुपमा घटिरहेको बजेटको सीमा र बढिरहेको माग समेतलाई सन्तुलन कायम गर्नेगरी कार्यक्रम तथा बजेट प्रश्तुत गरिएको उल्लेख गरे। उनले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि नीतिगत स्थायित्व र कार्यविधिगत सरलिकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्ने काममा मन्त्रालय निरन्तर प्रतिवद्ध रहेको बताए । उनले सरकारले उपभोक्ता हित संरक्षणको लागि उपभोक्ता अदालत गठन प्रक्रियाका लागि बजेट विनियोजन गरिएको बताए । उद्योग मन्त्री भण्डारीले बजारमा माग उच्च हुने तथा मूल्य अस्वभाविक रुपमा वृद्धि हुन नसक्ने अवस्था दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिब्रता दिने बताए ।

    उनले भने,‘मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्याङ्कन तथा वस्तु स्थितिको मूल्याङ्कन गरी आगामी आर्थिक वर्षको बजेट प्रश्ताव गरेको छ । निरन्तर रुपमा घटिरहेको बजेटको सीमा र बढिरहेको माग समेतलाई सन्तुलन कायम गर्ने गरी कार्यक्रम तथा बजेट प्रश्तुत गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि नीतिगत स्थायीत्व र कार्यविधिगत सरलिकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्ने काममा मन्त्रालय निरन्तर प्रतिवद्ध रहेको छ ।

    सरकारले उपभोक्ता हित संरक्षणको लागि उपभोक्ता अदालत गठन प्रक्रियाका लागि बजेट विनियोजन गरिएको छ । बजारमा माग उच्च हुने तथा मूल्य अस्वभाविक रुपमा वृद्धि हुन नसक्ने अवस्था दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिब्रता दिने र सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने र जोखिम क्षेत्रको बजार विश्वलेषण गरी नियमित तथा आकस्मिक बजार अनुगमन गर्ने तयारी छ ।’

    उनले सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने र जोखिम क्षेत्रको बजार विश्वलेषण गरी नियमित तथा आकस्मिक बजार अनुगमन गर्ने तयारी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend