logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

    दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

    1.3K
    Shares
    दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

    काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको छ ।

    चलचित्र ‘आचार्य’ स्वर्गीय भजन शिरोमणि गायक भक्तराज आचार्यको जीवनीमा आधारित रहेर तेह्र वर्ष अगाडि निर्माण गरिएको थियो । चलचित्रका केही दृश्य सम्पादनसहित आजदेखि पुनः प्रदर्शन गरिएको हो । प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको चलचित्रमा स्वर्गीय गायक आचार्यको भूमिका उनकै छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन् ।

    “चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौँ । त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए । अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि प्रदर्शन गरिएको हो”, गायक तथा अभिनेता आचार्यले भने ।

    चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ललगायतले अभिनय गरेका छन् । गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।

    आजैदेखि प्रदर्शन भएको चलचित्र ‘दान्भी’ मा अभिनेत्री पूजा शर्मासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन्। रुपेश तामाङले निर्देशन गरेकाे चलचित्र नेपालसँगै भारतमा समेत छायाङ्कन गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend