शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आइएमई ग्रुपको मध्य कालीगण्डकी आयोजनामा लगानी जुट्यो, नबिलको अगुवाईमा ११ अर्ब ऋण

आइएमई ग्रुपको मध्य कालीगण्डकी आयोजनामा लगानी जुट्यो, नबिलको अगुवाईमा ११ अर्ब ऋण

काठमाडौं । आइएमई समुहको हाइड्रो सपोर्ट प्रालिले बनाउन लागेको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनालाई लगानी जुटेको छ । आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आइएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सइओ) ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । आयोाजना म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको हो ।
सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नबिल बैकले गरेको छ । अन्य सहभागी बैकहरूमा एभरेष्ट बैक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैक रहेका छन् । निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा आइएमक्ष्ए समुह र सर्वसाधारणको लगानी रहने छ।

सहवित्तीयकरणका बैकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये नबिल बैंकको ३ अर्ब १२ करोड, एभरेष्ट बैक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक प्रत्येकले २ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैक, प्रत्येकले १ अर्ब रूपैयाँ रहने छ । मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरु भई ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३ करोड युनिट बिजुली बिक्रीबाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।

यस्तै वर्षामा २७ करोड युनिटबिक्रीबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४० करोड ७० लाख युनिट विद्युत उत्पादनबाट कूल २ अर्व ४२ करोड रुपैयाँ आम्दानी हुने छ । हालसम्म आयोजना निर्माण तयारीका कामहरु भइरहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend