logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • रास्वपासँग सहकार्यका लागि फेरि प्रयत्न गर्छौं : राजेन्द्र लिङदेन

    रास्वपासँग सहकार्यका लागि फेरि प्रयत्न गर्छौं : राजेन्द्र लिङदेन

    1.2K
    Shares
    रास्वपासँग सहकार्यका लागि फेरि प्रयत्न गर्छौं : राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्यका लागि प्रयास गर्ने बताएका छन् । शुक्रबार रास्वपाको स्थापना दिवसको अवसर पारेर सो पार्टीले काठमाडौंमा आयोजना गरेको गरेको एक कार्यक्रममा उनले सहकार्य गरेर अघि बढ्नका लागि संवादमा नै रहेको दाबी समेत गरे ।

    सञ्चारकर्मीहरुले दुई पार्टी मिलेर अघि बढे संसदमा ठूलो राजनीतिक शक्ति बन्नेतर्फ ध्यानाकर्षण गराएका थिए । जवाफमा अध्यक्ष लिङदेनले त्यसका लागि प्रयत्न गर्ने प्रतिक्रिया दिए । विगतमा पनि निर्वाचन सकिएलगत्तै आफ्नो पार्टीले रास्वपासँग सहकार्यका लागि प्रयास गरेको भएपनि सफल नभएको बताए । अध्यक्ष लिङदेनले रास्वपाको प्रवेशले पनि संसदको काम गर्ने शैलीमा सुधार आउन नसकेको पनि औंल्याए ।

    उनले भने,‘आज चाहीँ शुभकामना दिने दिन हो । हामी खुशी छौँ कि नेपालको राजनीतिमा एउटा नयाँ दलको रुपमा स्थापना भएर पनि चाँडै यो तहको प्रगति गरेको छ । जनताको आशा, विश्वास अथवा जसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन विश्वासका साथ मत दिएको थियो । उनीहरुको विश्वासमाथि कुनै पनि प्रकारको धोका हुने काम राष्ट्रिय स्वतन्त्र पार्टीबाट नहोस्, म त्यो भन्न चाहन्छु । रास्वपा आएपछि संसदको गणितमा फरक होला । तर संसद पहिला जे थियो, त्यही छ । नियमावलीहरु दुई, चार अक्षरहरु तलमाथि होला । त्यही छ । प्रवृत्ति त्यही छ । केही राजनीतिक दल र तिनको पनि मुख्य नेताहरुले निर्णय गर्ने र त्यसको भारी संसदले बोक्ने भनेपछि नयाँ कुरा केही पनि छैन ।

    विधि निर्माता भन्छांै नि सांसदहरुलाई । ऐन, कानून बनाउने भनेर भन्छौ । तर त्यहाँ गएर सांसदले आफ्नो विवेकले त्यहाँ कुनै निर्णय गर्न पाउने होइन । पछि मुख्य दलका नेताहरुमा सहमती हुन्छ । त्यही अनुसारको पारित गर्ने, बजाउने हुनाले नयाँ र फरक खालका कुराहरु छैन अहिले । हाम्रो संसद अहिले पनि तीन ठूला दलका नेताहरुको बन्धन छ । अवश्य हामी संवादमा पनि छौं । कतिपय ठाउँमा खासगरी हामीले संसदको निर्वाचन भएपछि हामीले त्यो अभ्यास र प्रयास पनि हामीले गरेका थियौं । त्यसमा सफल हुन सकेनौं । तपाईहरु सबैलाई त्यो कुरा थाहा छ । अव भविष्यमा त्यस प्रकारको प्रयत्न गर्नेछौं । हामीले चाह्यौ भने फरक सन्देश दिनसक्छौँ ।’

    त्यस अवसरमा अध्यक्ष लिङदेनले जनताको विश्वास पनि घात गर्ने खालको कुनैपनि गतिविधि नगर्न पनि रास्वपालाई सचेत गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend