logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रवासी नेपाली मञ्च कतारका नगरकमिटीहरुको संयुक्त अधिवेशन सम्पन्न

    प्रवासी नेपाली मञ्च कतारका नगरकमिटीहरुको संयुक्त अधिवेशन सम्पन्न

    945
    Shares
    प्रवासी नेपाली मञ्च कतारका नगरकमिटीहरुको संयुक्त अधिवेशन सम्पन्न

    काठमाडौँ । प्रवासी नेपाली मञ्च कतारले आफ्ना छ वटै नगरकमिटी हरुको संयुक्त अधिवेशन सम्पन्न गरेको छ ।

    लाली गुराँस रेष्टुरेन्टको सभा हलमा २१–जुन–२०२४ शुक्रवारका दिन सनैया स्थित प्रवासी नेपाली मञ्च कतारका नगर कमिटी इन्चार्ज टिका कार्कीको अध्यक्षता तथा अन्तराष्ट्रिय कमिटीका उपसचिव साथै प्रचार विभाग प्रमुख चानक पोख्रेलको प्रमुख आतिथ्यतामा नगर कमिटीहरुको संयुक्त अधिवेशन सम्पन्न भएको हो ।

    व्यानर अनावरण, राष्ट्रिय गान तथा सहीदहरुको सम्मानका निम्ति मौन धारण सहित सुरु भएको उक्त कार्यक्रममा आमन्त्रित उपस्थित पाहँुनाहरुलाई स्वागत गर्दै चार नम्बर नगर कमिटीका अध्यक्ष लोकबाहादुर जोगीले फुटेर भन्दा जुटेर समस्याको समाधान गर्न सजिलो हुने बताउँदै लगनशीलता र निरन्तरता द्वारा संगठनलाई दह्रो बनाउन सकिन्छ भने ।

    यसै गरी सबै नगर कमिटीका अध्यक्षरु विकास तामाङ, नारायण गैह्रे, प्रेम बस्नेत तथा छत्र लिम्बुले समेत कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

    बन्द सत्र तथा खुला सत्र गरेर दुइ चरणमा भएको कार्यक्रममा संगठन विभागका प्रमुख बिनेश तामाङले खुला सत्र अन्तर्गत शुभकामना मन्तव्य राख्ने क्रममा यस अघिका अध्यक्षहरुले अहोरात्र खटेर संगठनलाई यहाँ सम्म ल्याएकोमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए। साथै प्रदेश अनुसारको नयाँ नगर कमिटी को अवधारणा कसरी बन्यो भन्ने सन्दर्भमा समेत आफ्नो मन्तव्यका क्रममा स्पष्ट पारेका थिए ।

    प्रवासी नेपाली मञ्च कतारका सातौँ राष्ट्रिय अधिवेशन संयोजक अफसर अलि खानले कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै “प्रवासमा संगठनको मेरुदण्ड नै नगर कमिटीहरु हुन्” भने । उनले जसरी स्वदेशमा गाउँ कमिटी तथा नगर कमिटी हरु हुन्छन त्यसरी नै यहाँ नगर कमिटीहरु हुन्छन भने ।

    संयोजक खानले,  “संगठनको आत्मा नै मूल रुपमा नगर कमिटीमा निहित हुन्छ” भने । मन्तव्यको अन्त्यमा नेताहरुको मुख्य गुण भनेको उनीहरूको सेवा भाव र त्याग हो भन्दै नयाँ बनिएर आउने सबै नगर कमिटीहरुलाई कार्यकाल सफलताको अग्रिम शुभकामना प्रदान गरी आफ्नो शुभकामना मन्तव्यको अन्त्य गरेका थिए । खुला सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका मुख्य वक्ता तथा प्रमुख अतिथि चानक पोख्रेलले “प्रवासमा रहेर पनि हामीले पार्टीको दृष्टिकोणलाई अंगाली रहेका छौँ,” भने ।

    “हामीले सन् १९९६ बाट प्रवासमा सङ्गठन स्थापना गरेको हौँ, यसको सुरुवात हंगकंग बाट गरेका थियौँ “भन्दै अहिले विश्व भरिमा ३७ देशमा प्रवासी नेपाली मञ्चको विस्तार भएको बताए । आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि पोख्रेलले पार्टीको आन्दोलनको रणनीति, नेकपा एकताको इतिहासको पृष्ठभूमि, पार्टी फुटको सन्दर्भ समेतको चर्चा गरे ।

    उनले संगठनको सातौँ अधिवेशनको सन्दर्भमा बोल्दै “अधिवेशन सफल बनाउने जिम्मा ३९४ जना सबै सदस्यहरूको बराबर हो” भने । पदले कोही सानो र कोही ठुलो होला तर अधिवेशन सफल पार्ने जिम्मेवारी सबैको बराबर छ भन्दै प्रावासीएका नेपालीहरुका समस्यालाई पनि सम्बोधन गरे।

    उनले “अन्तराष्ट्रिय कमिटीको मातहतमा श्रमिक कोष खडा गरेर त्यसको विधान बनाएर श्रमिकको हितको निम्ति कार्य गर्न अन्तराष्ट्रिय कमिटी अगाडि बढिसकेको छ,” भने ।

    अन्तराष्ट्रिय कमिटीका उपसचिव पोख्रेलले देशको जनसंख्या को एक तिहाई संख्या प्रवासमा रहेर विप्रेषण मार्फत देशको ६५% आर्थिक भार धानिरहेको हुँदा लगातार एक वर्ष सम्म रेमिट्यान्स पठाउने श्रमिकहरूको परिवारको शिक्षा र स्वास्थ्य को जिम्मेवारी नेपाल सरकारले लिनु पर्ने र यसको अवधारणा सहित नेकपा एमाले अगाडि बढिसकेको बताए ।

    आफ्नो मन्तव्यको अन्त्यमा कार्यक्रमका मुख्य वक्ता पोख्रेलले प्रवासबाट नै भोट मार्फत आफ्ना प्रतिनिधि चुन्ने अधिकार पाउनु पर्ने एजेन्डामा समेत प्रवासी नेपाली मञ्चले आफ्नो धारणा पार्टी केन्द्रमा राखिसकेको हुँदा चाँडै यस सन्दर्भमा पार्टीकेन्द्रले सम्बन्धित निकायमा आफ्ना अवधारणा सहितको माग राख्ने बताउँदै नयाँ बनिएर आउने सबै नगर कमिटीलाई कार्यकाल सफलताको अग्रिम शुभकामना दिएर आफ्नो मन्तव्यको अन्त्य गरेका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend