logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • मुक्त भएको १६ वर्ष सम्म पनि हलियाको आर्थिक अवस्था दयनीय

    मुक्त भएको १६ वर्ष सम्म पनि हलियाको आर्थिक अवस्था दयनीय

    497
    Shares
    मुक्त भएको १६ वर्ष सम्म पनि हलियाको आर्थिक अवस्था दयनीय

    कञ्चनपुर । हलिया मुक्तिको घोषणा भएको १६ वर्षसम्म पनि मुक्त हलियाले सामान्य मानिससरह अधिकार नपाएको गुनासो गरेका छन् ।

    सरकारले २०६५ सालको भदौ २१ गते हलिया मुक्ति घोषणा गरेको थियो । तर, घोषणा भएको १६ वर्ष हुँदासमेत मुक्त हलियाको व्यवस्थापन हुन सकेको छैन । कञ्चनपुरका मुक्त हलियाले आर्थिक अवस्थामा सुधार ल्याउनका लागि पालिकासँग आग्रह गरेका छन् ।

    राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट, नीति तथा कार्यक्रममा मुक्त हलिया समुदायको आय आर्जन, सीप क्षमता विकासलगायत रोजगारीका कार्यक्रमको योजना तर्जुमा गरी कार्यान्वयन गर्न माग गरेको छ ।

    पालिकाको नीति तथा कार्यक्रम र बजेटमा मुक्त हलियाको जीविकोपाजर्नको व्यवस्था मिलाउन माग गरिएको समाजका अध्यक्ष शिवी लुहारले बताए । नगरपालकिामा रहेका लगतमा छुटेका छुटमुक्त हलिया र पुनःस्थापन हुन बाँकी मुक्त हलियाको न्यायोचित पुनःस्थापनलगायत शिक्षा स्वास्थ्य र रोजगारीका लागि पुनःस्थापन कार्यविधि पारित गरी लागू गर्न माग गरेको अध्यक्ष लुहारले बताए ।

    मुक्तहलिया, बालबालिकालाई कोटा निर्धारण गरी उच्चशिक्षा, प्राविधिक शिक्षा, व्यावसायिक शिक्षामा छात्रवृत्तिसहित निःशुल्क पठनपाठनको पनि माग राखेको उनको भनाई छ । नगरक्षेत्रभित्र गठन हुने विभिन्न उपभोक्ता समिति, उपसमिति, व्यवस्थापन समिति, सञ्चालक समितिमा मुक्त हलिया समुदायको नेतृत्व तथा निर्णायक तहमा समाबेसी समानुपातिक सहभागिता सुनिश्चित गर्न माग अघि सारिएको उनले बताए ।

    मुक्त हलियासँगै समाजमा पछाडि पाारिएका आदिवासी जनजाति र सिमान्तकृत समुदायको आर्थिक, सामाजिक र राजनीतिक, हिसाबले सशक्तिकरण गरी राज्यको मूलधारमा ल्याउने प्रमुख जिम्मेवारी राज्यको नै भएकाले राज्यका तीन वटा तहमध्ये पहिलो जिम्मेवारी र दायित्व पालिकाको रहेको दलित अधिकारकर्मी अन्तराम वडले बताए ।

    पालिकाले मुक्त हलिया, कमैया र कमलरी पुनःस्थापन कार्यविधि बनाई कार्यान्वयन गर्नुपर्ने उनको माग रहेको छ । कञ्चनपुरमा मुक्त हलिया परिवारको संख्या दुई हजार छ सय ९९ रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend