logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

    छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

    791
    Shares
    छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्रालयलाई रुलिङ गरेका छन् । आईतबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेका हुन् ।

    उनले आकस्मिक र शुन्य समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भएपनि चासो नदेखाएको बताए । उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरुको कार्यतालिका नै बनाएको भएपनि प्रभावकारी कार्यान्वयन हन नसकेको बताए ।

    उनले भने, ‘आकस्मिक समय, शुन्य समय लगायत जुन समयमा मान्य सदस्यहरुले विषय उठाउनु हुन्छ, ति विषयहरु सधैँ जसो सम्बन्धित मन्त्री कहाँँ पठाउने पनि गरेका छौँ । हरेक दिन पठाएका छौँ । यहाँ उठेका विषयहरुका बारेमा जवाफ दिन मन्त्रीहरुको कार्यतालिका नै हामीले दिइसकेका छौँ ।

    यि सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ । आज उठेका विषयहरु जो छन्, अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु । सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु ।’

    आईतबारको बैठकमा सांसदहरुले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend