logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • विवाह बन्धनमा बाँधिए सोनाक्षी र जहीर

    विवाह बन्धनमा बाँधिए सोनाक्षी र जहीर

    1.4K
    Shares
    विवाह बन्धनमा बाँधिए सोनाक्षी र जहीर

    काठमाडौँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन् ।

    कानुनी विवाह गरेपछि जोडीले भने, ‘अब हामी श्रीमान्–श्रीमती हौँ ।’

    सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा विवाह गरेका थिए । सोनाक्षी र जहीरको परिवारले न त हिन्दू, न त मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरूले विवाह दर्ता मात्र गरे ।

    विवाह दर्ता गरेपछि उनीहरूले आइतबार राति मुम्बईको वर्लीमा रिसेप्शन आयोजना गरेका छन् जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिहरूको सहभागिता रहेको थियो ।

    सोनाक्षी सिन्हा र जहीर इकबालले सेयर गरेको एक इन्स्टाग्राम पोस्टमा आफ्नो विवाहको जानकारी दिएका छन् ।  ‘हाम्रो परिवार र भगवानको आशीर्वादले हामीले विवाह गरेका हौँ ।’

    विवाह समारोहमा दम्पतीका नजिकका साथीभाइ र परिवारका सदस्य मात्र सहभागी थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend