logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • रसियाको दक्षिणी क्षेत्रमा आक्रमणमा परी ९ जनाको मृत्यु

    रसियाको दक्षिणी क्षेत्रमा आक्रमणमा परी ९ जनाको मृत्यु

    525
    Shares
    रसियाको दक्षिणी क्षेत्रमा आक्रमणमा परी ९ जनाको मृत्यु

    एजेन्सी । रसियाको दक्षिणी क्षेत्रमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिणी रुसको गणतन्त्र दागेस्तानमा आईतवार भएको गोलीकाण्डमा सात कानून प्रवर्तन अधिकारीसहित नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका हुन् ।

    गोलीबारी दुई अर्थोडक्स चर्च, एक सिनेगोग र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखाचकलामा ट्राफिक प्रहरी चौकीमा भएको थियो । रुसी अनुसन्धान समितिले गोलीबारीमा आतंकवादी हमलासँग सम्बन्धित लेख अन्तर्गत आपराधिक मुद्दाहरू प्रारम्भ गरेको छ ।

    दागेस्तानमा काउन्टर–आतंकवादी अपरेशन व्यवस्था लागू गरिएको राष्ट्रिय आतंकवाद विरोधी समितिले जनाएको छ । गणतन्त्रको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै गोलीबारीमा संलग्न चार आक्रमणकारीहरू मारिएका र सुरक्षा बलहरूले उनीहरूको प्रयास जारी राखेको बताए । यसैबीच आक्रमणमा घाइते भएका १३ प्रहरी अधिकारी र तीन सर्वसाधारणलाई उपचारका लागि मखचकलाको अस्पतालमा लगिएको मन्त्रालयले जनाएको छ ।

    गणतन्त्र दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले डर्बेन्ट र मखाचकलामा भएका आक्रमणहरूलाई सार्वजनिक अवस्थालाई अस्थिर बनाउने प्रयास भएको बताए । उनले नागरिकहरूलाई शान्त रहन आग्रह गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend