logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • तराई-मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण

    तराई-मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण

    153
    Shares
    तराई-मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण

    काठमाडौं । नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहा लगायतका तराई-मधेसका जिल्लाहरुमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले विगत तीन महिना भित्र श्रृंखलावद्ध रुपमा भएको एक दर्जन बढी चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको बताइन् । उनले गाउँ गाउँमा अपराधिक समूहले पर्चा र पोस्टर टाँसेरै सूचना दिने काम गरेको भन्दै नागरिकहरुमा डरले गाउँमा बस्न सक्ने अवस्था नरहेको बताइन् । उनले नागरिकहरु अनिदो रही घरेलु हतियार लिएर रातभर जाग्रम बस्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘सिरहा जिल्ला लगायत तराई मधेसका अन्य जिल्लाहरुमा अहिले शान्ति सुरक्षाको अवस्था हदैसम्म बिग्रिएको छ । विगत तीन महिना भित्र श्रृंखलावद्ध रुपमा भएको एक दर्जन जति चोरी डकैतीको घटनाले समाजको मनोविज्ञानमा डर र त्रास पैदा गरेको छ । एकातिर श्रृंखलावद्ध चोरी र डकैतीको घटना भइरहेको छ । अर्कातिर गाउँ गाउँमा अपराधिक समूहले यति दिनभित्र यो गाउँ लुट्छौँ, यति दिन भित्र यो गाउँ चोरी गर्छौं भनेर पोस्टर र पम्प्लेट टाँसेको अवस्था छ । सुन्दा यो अपत्यारिलो छ । तर सत्य कुरा यही हो ।’

    सांसद थपलियाले स्थानीय प्रहरी प्रशासनले परिस्थिति काबुमा लिन नसकेको भन्दै सुरक्षा निकाय चुस्त बनाउन सरकारसँग आग्रह गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend