logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • विपद्बाट नागरिकहरुलाई सुरक्षित राख्न सांसद बिसीको आग्रह

    विपद्बाट नागरिकहरुलाई सुरक्षित राख्न सांसद बिसीको आग्रह

    385
    Shares
    विपद्बाट नागरिकहरुलाई सुरक्षित राख्न सांसद बिसीको आग्रह

    काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सुमित्रा बिसीले विपद्जन्य घटनाबाट नागरिकहरुलाई सुरक्षित राख्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकी छन् । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले यस वर्ष धेरै भन्दा धेरै वर्षा हुने र बाढी आउने कुरा विज्ञहरुले बताएको भन्दै सरकारले छिटो भन्दा छिटो यसको व्यवस्थापनमा ध्यान दिइ नागरिकको सुरक्षामा लाग्न आग्रह गरिन् । उनले विपद्पछि हुनसक्ने रोगको नियन्त्रणमा पनि समयमै सोच्न जरुरी रहेको बताइन् ।

    उनले भनिन्, ‘अहिले जनताप्रति हामी सबै चिन्तित छौँ । विज्ञहरुका अनुसार यो वर्षमा बाढी धेरै आउने भनेका छन् । बाढीका कारण डेंगु रोग फैलिने भनिएको छ । यसलाई नियन्त्रण गर्न सरकार बेलैमा लागोस् । रोग नियन्त्रण किटको छिटै व्यवस्था गरोस् । यो ७२ जिल्लामा १२६८ जना मानिस संक्रमित भएको कुरा आएको छ । समयमै सजग हुन नसके यसले महामारी फैल्याउने छ । स्वास्थ्य मन्त्रालयको धयनाकर्षण गराउँछु । देशका विभिन्न भागमा बाढी पहिरोले क्षति गरिसकेको छ । यसमा पनि सरकारको ध्यानाकर्षण गराउँछु ।’

    सांसद बिसीले भ्रष्टाचार गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गर्न माग गरिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend