logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • हज यात्रामा गएका १३ सय भन्दा बढीको मृत्यु

    हज यात्रामा गएका १३ सय भन्दा बढीको मृत्यु

    1.1K
    Shares
    हज यात्रामा गएका १३ सय भन्दा बढीको मृत्यु

    रियाद, साउदी अरब (एएनआई) । साउदी अरबले हज तीर्थयात्राको क्रममा एक हजार ३०१ जनाको मृत्यु भएको जनाएको छ ।
    गर्मीको तनाव र अनधिकृत यात्राका कारण पाँचमध्ये चार जनाको मृत्यु भएको साउदी अधिकारीलाई उद्धृत गरी समाचारमा जनाएको छ ।

    साउदी सरकारले ‘साउदी अरबको स्वास्थ्य सेवा तथा सुविधाले यस वर्ष गर्मीको कारण विरामी परेका धेरै मामिलालाई सम्बोधन गरेको तथा केही व्यक्तिहरु अझै पनि हेरचाहमा रहेको जनाउदै दुर्भाग्यवस, आइतबार सम्म मृतृकको संख्या एक हजार ३०१ पुगेको जनाएको छ । मृत्यु हुनेमध्ये ८३ प्रतिशत ‘अनधिकृत रुपमा’ हज गर्न गएका थिए ।

    उनीहरुमध्ये धेरैले पर्याप्त आश्रय वा आराम बिना, सूर्यको तातो प्रकाशमा लामो दूरी पैदल हिँडेको साउदी अरबका सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार मृतकमध्ये ‘धेरै वृद्ध र दीर्घ बिरामी व्यक्ति’ रेहेका छन् भन सबै मृतकको परिवार पहिचान गरिएको छ । यस वर्षको हज तीर्थयात्राका क्रममा सयौँको मृत्यु र घाइते हुनुको मुख्य कारण चरम गर्मी रहेको उल्लेख गरिएको छ ।

    सोमबार मक्काको तापक्रम रेकर्ड १२५ डिग्री फरेनहाइट पुगेको थियो । अनौपचारिक तीर्थयात्रीको संख्याले समस्या बढाएको अधिकारीले बताएका छन् । साउदी अरबले प्रत्येक तीर्थयात्रीलाई हजका लागि पवित्र शहर मक्कामा कानुनी रुपमा पहुँच विस्तार गर्न १८ लाख व्यक्तिलाई मात्र यात्राका लागि अनुमति दिएको थियो ।

    यसैबीच, तीर्थयात्रीले यस वर्षको हज तीर्थयात्राको लागि कमजोर पूर्वाधार व्यवस्थापन भएको भनी साउदी अधिकारीको आलोचना गरेका छन् । आधिकारिक भ्रमणमा रहेका तीर्थयात्रीले पनि आफ्नो दिनको ठुलो हिस्सा भीषण गर्मीमा बाहिर हिँडेर बिताएको बताए । सिएनएनसँग कुरा गर्दै, केही प्रत्यक्षदर्शीले उनीहरुले उपासकहरुलाई बेहोस भएको र सेतो कपडाले ढाकिएको देखेको बताएका छन् ।

    सरकारलाई आफ्नो राष्ट्रको कोटाको हिस्साको रुपमा मक्कामा दर्ता भएका र भ्रमण गरेका तीर्थयात्रीहरुको बारेमा मात्र थाहा भएकाले यस वर्षको हजमा मृत्युको कुल सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend