logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • छाउपडी प्रथा अन्त्यका लागि समिति गठन गरेका छौँ : गृहमन्त्री

    छाउपडी प्रथा अन्त्यका लागि समिति गठन गरेका छौँ : गृहमन्त्री

    448
    Shares
    छाउपडी प्रथा अन्त्यका लागि समिति गठन गरेका छौँ : गृहमन्त्री

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि समिति गठन गरेको बताएका छन् । सोमबारको राष्ट्रिय सभाको बैठकमा अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय सभामा जानकारी गराउँदै उनले यस्तो बताएका हुन् ।

    उनले छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरुसँग सल्लाह लिइ समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाउने काम हुने बताए ।

    गत असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ बस्ने १६ वर्षकी किशोरी छाउगोठमा बलात्कृत भएको विषयबारे संसदमा जानकारी गराउँदै उनले आगामी दिनमा यस किसिमका घटना हुन नदिन लिइ कानूनी, नीतिगत, सामाजिक, अभियानका रुपमा यसलाई नियमन गर्न, नियन्त्रण गर्न र यो प्रथालाई अन्त्य गर्नेतर्फ कदम चाल्न समिति निर्माण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णय गर्ने र विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गेरको बताए ।

    उनले अछाममा छाउगोठमा बसेकी किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र बलात्कारीको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

    उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन छाउपडी प्रथाको अभ्यास भएका जिल्लामा स्थानीय प्रशासनबाट भइरहेका कार्यको समीक्षा गर्ने, निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने निर्देशन दिइसकेको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend