logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न ८ सय नेपाली कामदार लैजाने

    इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न ८ सय नेपाली कामदार लैजाने

    306
    Shares
    इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न ८ सय नेपाली कामदार लैजाने

    काठमाडौँ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि ८ सय नेपाली कामदार लैजाने भएको छ ।

    वैदेशिक रोजगार विभागले आज मंगलबार एक सूचना प्रकाशित गरी ८ सय जनाको लागि आवेदन खुल्ला गरिएको जनाएको छ । इजरायल जान इच्छुकले आज असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

    अनुसार योग्यता पुगेकाहरुलाई गोलप्रथाबाट छानिनेछ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको र यसमा निजी क्षेत्रको संलग्नता नरहने बताइएको छ । इजरायलबाट ८ सय जना माग भएका मध्ये ५ सयजना मुख्य उम्मेदवार रहेको र त्यसमा तीन सय जनालाई वैकल्पिकमा राखिने विभागले जनाएको छ ।

    विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १ दशमलब ५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन् ।

    यो काममा जानेको मासिक तलब ५ हजार ८ सय ८० इजरायली मुद्रा तोकिएको छ । यसको करार अवधी सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुने जनाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend