logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

    चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

    2.8K
    Shares
    चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

    काठमाडौँ । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ ।

    मानवरहित चिनियाँ चन्द्रयान चांगई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो ।

    उक्त यान मंगलवार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ । चन्द्रमाबाट ल्याइएको नमूना ग्रह निर्माणका बारेमा महत्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुनसक्ने वैज्ञानिकहरूले जनाएका छन् ।

    चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले ‘मिसन पूर्ण रूपमा सफल’ भएको बताएको छ ।

    चिनियाँ यानले ल्याएको नमूनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend