logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • गोल्छाको हुलास स्टिलको व्यापार २० प्रतिशत घट्यो, एक वर्षमा साढे १२ अर्ब कारोबार

    गोल्छाको हुलास स्टिलको व्यापार २० प्रतिशत घट्यो, एक वर्षमा साढे १२ अर्ब कारोबार

    896
    Shares
    गोल्छाको हुलास स्टिलको व्यापार २० प्रतिशत घट्यो, एक वर्षमा साढे १२ अर्ब कारोबार

    काठमाडौं । दीवाकर गोल्छा अर्गनाइजेसनको हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडको व्यापार २०.४७ प्रतिशत घटेको छ । गत वर्ष हुलासले १२ अर्ब ४४ करोड ८० लाख रुपैयाँको स्टिल व्यापार गरेको छ । अघिल्लो वर्ष हुलासको स्टिल व्यापार १५ अर्ब ६५ करोड ३० लाख रुपैयाँको थियो ।

    एक वर्षमा हुलासको स्टिल व्यापार ३ अर्ब २० करोड ५० लाख रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । यद्यपि गत वर्षको तुलनामा २०२४ को दोस्रो त्रैमाशमा हुलासको स्टिल व्यापारले ‘रिबाउन्ड’ गरेको छ ।

    यसबीचमा सञ्चालन आम्दानीमा सुधार आएको हुलासले जनाएको छ ।

    हुलासले २०२१ मा ११ अर्ब ४७ करोड ६० लाख, २०२० मा ६ अर्ब १४ करोड ५० लाख र ८ अर्ब ५४ करोड ७० लाख रुपैयाँको स्टिल व्यापार गरेको थियो ।कम्पनीले ८ अर्ब ४६ करोड रुपैयाँ ऋण लिएको छ । जसमध्ये १ अर्ब ९० करोड दीर्घकालिन र ६ अर्ब ५६ करोड रुपैयाँ अल्पकालिन ऋण रहेको छ ।

    नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा ४० करोड १० लाख रुपैयाँ बिजुली महशुल दाबी गरेको छ । यसले हुलासको नगद सञ्चितीमा असर पर्ने देखिएको छ । हालका वर्षहरूमा कम्पनीको लाभांश स्तर मध्यम रहेको भए पनि यसको वृद्धि लाभांश नीति कायम रहनेछ ।

    ठूलो संचित नाफा दिएर यसको वित्तीय प्रोफाइल कायम राख्न महत्वपूर्ण छ । हुलासको ऋणमा कम निर्भरता रहन्छ । हुलासको उत्पादन इकाई भारत–नेपाल सीमा नजिकै अवस्थित छ ।

    सन् १९८१ मा स्थापना भएको हुलास स्टिल २००६ मा आएर पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । हुलासमा चार्नले विकास कम्पनी लिमिटेडको ५० प्रतिशत हिस्सा रहेको छ । यस्तै जयश्री गोल्छाको २१, हिमांशु गोल्छाको ६, ह्लास मेटल क्राफ्टको ६ प्रतिशत योगदान रहेको छ । हुलास जस्तापाता उत्पादन गर्ने ठूलो उद्योग हो ।

    हुलासको उत्पादन क्षमता वार्षिक ४ लाख ८१ हजार ७ सय ६२ टन छ । यस्तै ५० हजार टन ब्ल्याक ग्याल्भनाइज्ड पाइप र ३ लाख ९४ हजार ७ सय टन जस्तापाता उत्पादन क्षमता छ । कम्पनीसँग जस्ता उत्पादन गर्न इनहाउस कोल्डरोलिङ मिलहरू छन् । हुलासले आन्तरिक मागलाई पुरा गर्दै आएको छ । उत्पादनले मुख्यतया घरेलु बजारलाई पूरा गर्छ ।

    यस्तै सहायक उत्पादनहरू जस्तै एल्युमिनियम संरचनाहरू, वेल्डेड संरचनाहरू, पाइप फिटिङ पाइप पनि उत्पादन गर्दै आएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend