logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • आइपिओ ल्याउन लागेको लक्ष्मी स्टिलको ९ महिनामा सवा ६ अर्ब व्यापार

    आइपिओ ल्याउन लागेको लक्ष्मी स्टिलको ९ महिनामा सवा ६ अर्ब व्यापार

    258
    Shares
    आइपिओ ल्याउन लागेको लक्ष्मी स्टिलको ९ महिनामा सवा ६ अर्ब व्यापार

    काठमाडौं । सौरभ ग्रुपको लक्ष्मी स्टिल लिमिटेडले ९ महिनामा ६ अर्ब १७ करोड ९० लाख रुपैयाँ स्टिल व्यापार गरेको छ । गत वर्ष उद्योगले कूल ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै २०२२ मा ८ अर्ब ५४ करोड ३० लाख र २०२१ मा ६ अर्ब ८ करोड ३० लाख रुपैयाँको डण्डी व्यापार गरेको थियो ।

    गत वर्षको कूल आम्दानीको ९२ प्रतिशत हिस्सा टिएमटी रडको रहेको लक्ष्मीले जनाएको छ । २०२२ मा ८८ प्रतिशत मात्र थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष टिएमटी रडबाट हुने आम्दानीको हिस्सा बढेको छ । तीन वर्षको वित्तीय अवस्था हेर्दा कच्चा वस्तु खरिदमा कूल आम्दानीको ८४ प्रतिशत खर्च भएको छ ।

    गत वर्ष लक्ष्मी स्टिलले १ लाख ७५ हजार टन बिलेट उत्पादन गरेको छ । अघिल्लो वर्ष १ लाख ४७ हजार टन मात्र बिलेट उत्पादन गरेको थियो । बिलेट उत्पादन गर्न आवश्यक पिग आइरन र स्पन्ज आइरन भारतबाट आयात हुने गरेको लक्ष्मीले जनाएको छ ।

    सन् २००८ मा स्थापना भएको लक्ष्मी स्टिल प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न २०२२ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । लक्ष्मी स्टिल १० वर्षदेखि लगातार नाफामा छ । सौरभ ग्रुपले लक्ष्मी स्टिलको ‘बुकबिल्डिङ’ विधिबाट आइपिओ ल्याउने भएको छ ।

    उद्योग नवलपरासीको सुनवलमा रहेको छ । उद्योगले टिएमटी बार र वायरका साथै डण्डीका लागि चाहिने कच्चा वस्तु बिलेट पनि उत्पादन गरिरहेको छ । उद्योगको ऋण ३ अर्ब ३८ करोड ९० लाख रुपैयाँ छ ।

    ग्रुप स्टिल, सिमेन्ट, धागो र चिया उत्पादनमा संलग्न छ । ग्रुपअन्तर्गत सर्वोत्तम सिमेन्ट लिमिटेड, जगदम्बा स्पिनिङ मिल्स लिमिटेड, जगदम्बा सिमेन्ट र सर्वोत्तम स्टिल रहेका छन् ।

    यो पनि :

    सौरभ ग्रुपले जगदम्बा स्पिनिङ, लक्ष्मी र सर्वोत्तम स्टिलको बुकबिल्डिङबाट आइपिओ ल्याउने

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend