काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्किँएको छ ।
छत भत्कँदा ६ जना घाइते भएका छन् । भारतीय सञ्चारमा
ध्यमहरुले जनाए अनुसार शुक्रबार बिहान भारी वर्षापछि विमानस्थलको टर्मिनल १ को छत भत्किएको हो ।
छतले केही ट्याक्सी र गाडी पनि थिचिएका छन् । घाइते भएका मानिसहरुलाई अस्पताल पठाइएको छ ।
दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेडले भारी वर्षाका कारण भवनको बाहिरी हिस्सा भत्किएको जनाएको छ ।
दिल्ली पछिल्लो समय राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा भारी वर्षा भइरहेको छ ।