logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • विपदमा प्रभावित सेवा तुरुन्त सञ्चालनका लागि एनसेलले परिचालन गर्‍यो र्‍यापिड रेस्पोन्स टिम

    विपदमा प्रभावित सेवा तुरुन्त सञ्चालनका लागि एनसेलले परिचालन गर्‍यो र्‍यापिड रेस्पोन्स टिम

    889
    Shares
    विपदमा प्रभावित सेवा तुरुन्त सञ्चालनका लागि एनसेलले परिचालन गर्‍यो र्‍यापिड रेस्पोन्स टिम

    काठमाडोँ । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका र्‍यापिड रेस्पोन्स टोली (आरआरटी) हरुले काम थालेका छन् । हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे छोटो समयमा सेवा पुनः संचालनमा ल्याउन सहयोग गर्ने छ ।

    मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धताका साथ नसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ ।

    यी टोलीहरुले तदारुकताका साथ काम गरीरहेका छन् । असार १२ गते बुधबार कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दाबढि जिल्लाका ११६ मोबाइल टावर संचालनमा असर गरेपनि ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढि टावरहरुलाई पुनः संचालनमा ल्याइएको थियो । हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरु र नेपाल विद्युत प्राधिकरणको खम्बा डलेर विद्युत आपुर्तिमा असर परेको अवस्था थियो ।

    आरआरटीहरुलाई विशेष रूपमा आपतकालिन अवस्थाहरु सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रुतगतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्ने उदेश्य अनुरुप यी आरआरटीहरु गठन गरिएका हुन् ।

    अहिलेको अवस्थामा विशेष गरि भारी वर्षाका कारण सेवा संचालनमा असर पर्न गई केही समयको लागि सेवाहरु अवरुद्ध हुन सक्ने एनसेलले जानकारी दिएको छ । यस्तै समस्या छिटोभन्दा छिटो समाधानका गरि पूनः संचालनमा ल्याउन ¥यापिड रेस्पोन्स टोली जिम्मेवार रहने एनसेलले जनाएको हो ।

    यसैगरी, एनसेलले विपद् पुर्वतयारी स्वरुप नियमित भन्दा फिल्डमा खट्ने जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेल प्रतिबद्ध रहेको जनाएको छ ।

    विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई ध्यानमा राख्दै गरेर एनसेलले टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।

    विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ । त्यसैगरी, धेरै सेवाग्राही भएका ठाउँहरु र बाढीले असर गर्नसक्ने ठाउँहरुलाई लक्षित गरि एनसेलले आवश्यक तयारीहरु गरेको जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ ।

    गत वर्ष मात्र एनसेलले मावन जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो । विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढी सम्बन्धी पूर्वसूचना लिन पनि सकिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend