logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संसद ऐन, कानून बनाउनुपर्ने भुमिकामा चुक्दै गयो : अध्यक्ष दाहाल

    संसद ऐन, कानून बनाउनुपर्ने भुमिकामा चुक्दै गयो : अध्यक्ष दाहाल

    427
    Shares
    संसद ऐन, कानून बनाउनुपर्ने भुमिकामा चुक्दै गयो : अध्यक्ष दाहाल

    काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले संसद ऐन, कानून बनाउनुपर्ने भुमिकामा चुक्दै गएको बताएका छन् । आईतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद भएपनि संसद नागरिकका ऐन, कानून बनाउनतर्फ अहिले कतै न कतै चुकेको जिकिर गरे । उनले सांसदहरुले निर्माण गर्ने ऐन, कानूनले नै देश कता जान्छ भन्नेकुराको निर्धारण हुने भन्दै सांसदहरु ऐन निर्माणमा बढी केन्द्रित हुनुपर्ने बताए । समयमा ऐन, कानून निर्माण गर्न संसदले ध्यान नदिएकोतर्फ सचेत गराए । उनले नेपाल सबैभन्दा धनी संविधानमा रहेको बताए ।

    उनले भने, ‘नेपाल धनी संविधानमै छ भन्छु म । २००७ सालदेखि अहिलेसम्मका संविधानहरु हेर्ने हो भने धेरै संविधानहरु हामीले व्यहो¥यौँ । र पनि मुख्य गरेर २०१५ सालदेखि आम निर्वाचनपछि बनेको संविधान आफ्नै ढंगले जो हामीले उत्कृष्ट र राम्रो पनि ग¥यौँ । २०१९ मा उत्कृष्ट ल्यायौँ भन्यौँ, २०४८ मा पनि भन्यौँ । त्यसपछि २०६३ सालपछि अन्तरिम हुँदै २०७२ सालमा अहिलेको नयाँ संविधान ल्याएका छौँ ।

    संविधानलाई हेर्ने पनि सबैको आफ्नो आफ्नो दृष्टिकोण हुन्छ भन्ने लाग्छ मलाई । यो वर्गीय समाजमा आफ्ना आफ्ना दृष्टिकोण हुन्छन् । मुख्य कुरा संविधानलाई ठिक र बेठिक भनेर प्रमाणित गर्नेकुरा, सही र गलत भनेर प्रमाणित गर्नेकुरा त्यो संविधानलाई कार्यान्वयन गर्ने जिम्मा लिएका तपाईं हामी नै हौँ । हाम्रो सोच, कार्यशैली, कार्ययोजना र मुख्यगरी नेपाली जनताले अपेक्षा गरेको, चाहेको, खोजेको, हामी जिम्मा लिएर आएका जो नेपाली जनताको उत्कृष्ट थलो प्रतिनिधिको थलो भनेको संसद हो ।

    जो सबै जनताको प्रतिनिधित्व गर्दछ । हामीले निर्माण गर्ने ऐन, कानून कस्तो बनाउने र कस्तो दिशा दिन्छ भन्नेकुराले निर्धारण गर्दछ । अहिले हामी अलिकति त्यसमा कहीँ न कहीँ चुकेका छाैँ । समयमा ऐन, कानून निर्माण गर्न भ्याएका छैनौँ । गर्न सकेका छैनौँ । परिस्थितिले दिएको छैन भनौँ वा हामी धेरै सोच र दृष्टिकोणका मानिसको संगालो संसद भएको हुनाले त्यो सबैलाई व्यवस्थापन गरेर अघि बढ्न हामीलाई कठिनाइ भएको छ ।’

    अध्यक्ष दाहालले संसदलाई प्रभावकारी बनाउने सांसदहरुको भुमिका भनेको नेपाली नागरिकसँग गरेका वाचा,अहिलेको नेपालको वर्तमान राजनीतिक परिस्थिति, भविष्यको नेपालको सिंगो अर्थतन्त्रलाई कसरी अघि बढाउने र नेपाली जनताको जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने रहेको बताए । उनले सांसदहरुले देश र जनतालाई फाइदा हुने ढंगले सोच्न जरुरी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend