शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा बैठक बोलाएका हुन् ।

बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने छ ।

पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर, यो अवधिभित्र मुस्लिम संघ र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ ।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका सन्दर्भमा पनि छलफल हुने जनाइएकाे छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend