शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक पारित

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक पारित

काठमाडौँ, ११ असार ः संसद भवन, नयाँ बानेश्वरमा मङ्गलबार बसेका प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदै सांसदहरु । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौँ । प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिएका थिए । बैठकले सांसद सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११ बजे बस्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend