logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छाैँ : श्रममन्त्री अर्याल

    विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छाैँ : श्रममन्त्री अर्याल

    553
    Shares
    विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छाैँ : श्रममन्त्री अर्याल

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सरकारले विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको बताएका छन् । आईतबार सिंहदरबारस्थित मन्त्रालयमा विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्ने उद्यमीहरुलाई सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

    उनले सरकारले रोजगारी सिर्जना र श्रमको खोजी गर्ने नागरिकहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न विभिन्न कार्यक्रममार्फत काम गरिरहेको बताए । उनले विदेशबाट स्वदेश फर्किएका युवाहरुलाई स्वदेशमा नै रोक्न आवश्यक रहेकाले सरकारले विभिन्न योजना बनाउने र छलफल गरिरहेको बताए । उनले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्ने उदमीहरुलाई बधाई तथा शुभकामना दिए ।

    उनले इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नहरुले विदेशमा बसिरहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्न सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको बताए । उनले स्वदेशमा हुने नागरिकहरु श्रमको खोजिमा रहेका र विदेशमा बस्नेहरुलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको बताए ।

    उनले भने, ‘अहिले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्दै हुनुहुन्छ । सरकारले यो भन्दा अगाडि छलफल गरी रहेका छौं । विदेशबाट फर्केका नेपाली नागरिक फेरि विदेश फर्कनुनपर्ने गरी योजना बनाइरहेको छ । यो देशको लागि केही गरौं भनेर बहस छलफल गरिरहेका छौँ।

    इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नहरुले विदेशमा बसिरहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्नसक्छाैँ । भन्ने महत्वपूर्ण सन्देश दिइरहनुभएको छ । स्वदेशमा हुने नागरिकहरु श्रमको खोजिमा हुनुहुन्छ । विदेशमा बस्नेहरुलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।’

    सरकारले इजरायलबाट फर्किएर मुलुकको विभिन्न ठाँउमा उद्यम गर्ने ८ जनालाई सम्मान गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend