एजेन्सी । एथेन्सको उत्तरी उपनगर स्टामाटामा जङ्गलमा लागेको आगलागीमा आईतवार एक जनाको ज्यान गएको ग्रीसका अधिकारीहरूले बताएका छन् । ग्रीसको राजधानी नजिकै आईतवार तीन ठाउँमा डढेलो लागेको थियो । पीडित ४५ वर्षीय रहेको बताइएको छ । अहिले आगो नियन्त्रण गर्ने काम भइरहेको छ ।
उनीहरुले आसपासका क्षेत्रका बासिन्दालाई सचेत रहन र यातायात मोड्न चेतावनी दिएका छन् बतासले आगो निभाउने प्रयासमा बाधा पु¥याएकोले चारवटा बस्ती र बालबालिकाका लागि समर क्याम्प खाली गरिएको बताइएको छ ।
एथेन्सबाट करिव ४० किलोमिटर टाढा रहेको दक्षिणपूर्वी एटिका क्षेत्रको लाभ्रेओटिकी नगरपालिकामा आगलागी हुँदा अझै पनि अस्पष्ट संख्यामा घर र कारहरू जलेको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रहरीले ५२ जनालाई सुरक्षित स्थानमा सारेको छ ।