सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कांग्रेस-एमाले सत्ता समीकरण जनताको हितमा छैन, गठन प्रक्रिया अघि बढेसँगै हामी बाहिरिन्छौँ : रास्वपा

कांग्रेस-एमाले सत्ता समीकरण जनताको हितमा छैन, गठन प्रक्रिया अघि बढेसँगै हामी बाहिरिन्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंंगलबार सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस—एमाले सत्ता समीकरण बन्नेकुरा जनताको हितमा नरहेको बताए । उनले नेपालको राजनीतिमा र चलखेल निरन्तर भइरहेको बताए । उनले अब बन्ने गठबन्धनमा रास्वपा नरहेने पनि स्पष्ट पारे ।

उनले भने, ‘नेपालको राजनीतिमा एक खालको अस्थिरता, यो खालको चलखेल निरन्तर भइरहेको छ । त्यो नहुनुपर्दथ्यो । त्यो नहोस् भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको चाहना हो । विगतमा पनि हामीले स्थायित्वका लागि कही प्रयास गरेका थियाैँ । सबैकुरा हामीले चाहेको जस्तो पनि हुँदैन ।

पछिल्लो सयमा जे भएको छ, यसमा पनि देश र जनताको हितमा छ भन्ने लाग्दैन । यस घटनाक्रमलाई हेर्दा अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । हामी सरकारमा जाँदैनौँ । अर्को सरकार अघि बढ्ने प्रक्रिया भएपछि हामी सरकार छोड्छौँ ।’

प्रमुख सचेतक परियारले पुराना राजनीतिक दलहरु पुरानो परिपाटीबाट पछि नहटेको आरोप लगाए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend