काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासल ललितपुरमा सुरू भएको छ ।
उक्त बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।