मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

शेयर बजारमा हरियाली, ४ अर्ब ५७ करोडको कारोबार

शेयर बजारमा हरियाली, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा मंगलबार हरियाली छाएको छ । आज नेप्से परिसूचक ४७ अंकले बढेर २१०० को विन्दुमाथि बन्द भएको छ ।

आज २२७ कम्पनकिो शेयर मूल्य बढेको छ भने १७ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

एनआरएनको १२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको ११ करोड १० लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज हिमालयन हिमालयन डिष्टिलरीका लगानीकर्ताले ८ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ६ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ६ दशलमव ४६ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ३.०३ प्रतिशत, विकास बैंक समूहको २..०१ प्रतिशत, फाइनान्स समूहको २.११ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend