काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले ५ सय र हजारको नोटमा प्रतिवन्ध लगाउन माग गरेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो माग गरेकी हुन् ।
उनले अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि पाँच सय र हजारको नोट प्रतिवन्ध लगाउनुपर्ने बताउनु भयो । उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन् । उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुभएको छ । छ ? मानिन्छ ? कहिले कुनै देशमा नजिकिन गएको छ, दौडिएर गएको छ, कहिले कसैकोमा गएको छ । यसरी हामी सम्मानित नागरिक हुन सक्दैनौँ ।
हामी इजजतदार नागरिक हुनुपर्छ । नेपालीले पूर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो । त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुृपर्छ । अर्थमन्त्रीज्यु सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस् ।’
सांसद पन्तले बुढीगण्डकी परियोजना तत्काल लागू गर्न माग गरिन् ।
याे पनि :
अर्थतन्त्र उकास्न ५ सय र हजारका नोटलाई प्रतिवन्ध गर्नुपर्छ : कमला पन्त
सरकारले ५ सय र हजारका नोट तत्काल प्रतिवन्ध लगाउनुपर्छ : उपसभापति गुरुङ
सरकारले अर्थतन्त्र सुधार गर्न ५ सय र हजारका नोट छपाई बन्द गर्नुपर्छः सांसद देवकोटा