शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

संसदमा कानून निर्माणको विषयले प्राथमिकता पाउन सकेन : मन्त्री भण्डारी

संसदमा कानून निर्माणको विषयले प्राथमिकता पाउन सकेन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदमा कानून निर्माणको विषयले प्राथमिकता पाउन नसकेको बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संसदमा पेश भएको धेरै विषयहरुमा छलफल गर्न नपाएको कुरा आफूले महशुस गरेको बताए । उनले विभिन्न परिवेश र परिस्थितिले कानून निर्माणको कुरा ओझेलमा परेको महशुस भएको बताए ।

उनले आगामी दिनमा नीतिगत रुपमा रहेका कतिपय समस्यालाई हामीले सम्बोधन गर्नुपर्ने, यथेष्ट कानून निर्माण गर्नुपर्ने, सरकारको प्राथमिकता नीतिगत रुपमा सुधार गरेर अहिलेका जटिलता फुकाउन आवश्यक रहेको बताए । उनले जटिलता फुकाउँदै लगानीमैत्री वातारवण बनाउने, आन्तरिक र वाह्य लगानी बढाउने कुरामा सरकार गम्भीर रहेको बताए ।

उनले भने, ‘अहिलेको पछिल्लो संसदको समयावधि एउटा अधिवेशनको समय हामीले सक्यौँ । संसदमा थुप्रै टेबुल भएका विषयहरुमा हामीले छलफल गर्न पाएका छैनौँ । अहिले मुलुभुत रुपमा कानून निर्माणमा संसदले जुन प्राथमिकता पाउनुपर्ने हो, मान्य सदस्यज्युहरुको कुरामा जति केन्द्रित हुनुपर्ने हो विभिन्न परिवेश, परिस्थितिले यो विषय ओझेल परेको छ । यो स्वभाविक छ । यो ओझेलमा परेको कुरा तपाईं हामीले महशुस गरेका छौँ ।

आगामी दिनमा हामीले मुलतः अहिले पनि नीतिगत रुपमा रहेका कतिपय समस्यालाई हामीले सम्बोधन गर्नुपर्ने, यथेष्ट कानून निर्माण गर्नुपर्ने, सरकारको प्राथमिकता नीतिगत रुपमा सुधार गरेर हामीले अहिलेको जुन जटिलताहरु छन्, ति जटिलता फुकाउँदै लगानीमैत्री वातावरण बनाउने, आन्तरिक लगानी, वाह्य लगानी बनाउने कुरामा सरकार गम्भीर छ ।’

मन्त्री भण्डारीले स्वदेशी उत्पादन वृद्धि गर्न सरकारले विभिन्न कामहरु गरिरहेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend