logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नयाँ सत्ता समीकरणको प्रभाव : नेपाली पुँजीबजार उकालो

    नयाँ सत्ता समीकरणको प्रभाव : नेपाली पुँजीबजार उकालो

    385
    Shares
    नयाँ सत्ता समीकरणको प्रभाव : नेपाली पुँजीबजार उकालो

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भएसँगै नेपाली पुँजीबजार उकालो लागेको छ ।

    कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएसँगै मंगलबारको कारोबारमा शेयर बजारमा उतारचढाव आएको हो । नयाँ सत्ता समिकरण बनेसँगै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुने चर्चासँगै शेयर बजारमा उतारचढाव देखिएको हो ।

    मंगलबार शेयर बजार खुलेको १ मिनेटपछि नेप्से ४ प्रतिशत बढेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो । २० मिनेट कारोबार बन्द भएर दोेस्रो पटक कारोबार खुलेको केही सेकेण्डमा एक प्रतिशतले शेयर कारोबार बढ्दा ४० मिनेटका लागि कारोबार बन्द गर्नुपरेको थियो । तर ४० मिनेटपछि खुलेको कारोबारमा भने सोचेजस्तो शेयर बजार उकालो लाग्न सकेन ।

    मंगलबार शेयर बजार उतरचढावकाबीच पनि नेप्से परिसूचक ४७.०४ अंक बढेर २१००.४३ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१८ अंकले बढेको छ । मंगलबार कारोबारमा आएका ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्रीमा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार पनि शेयर बजार सकारात्मक वृद्धि भएको थियो ।

    मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.३० प्रतिशत बढेको छ भने बैंकिङ र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, विकास बैंक, वित्त, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

    आज हिमालयन डिष्टिलरीको शेयर मूल्य ८.५४ प्रतिशत बढेको छ भने समाज लघुवित्तको शेयरमूल्य करिव ७ प्रतिशत बढेको छ । तर यता हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य भने ६ प्रतिशतभन्दा बढी घटेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनीको १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend