एजेन्सी । रुसी सशस्त्र सेनाले युक्रेनको पोल्टावा क्षेत्रमा रहेको एयरफिल्डमा मिसाइल हमला गर्दा पाँच युक्रेनी एसयू–२७ लडाकु विमानहरू ध्वस्त भएको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।
एक इस्कन्डर–एम अपरेशनल–ट्याक्टिकल मिसाइल प्रणालीद्वारा गरिएको आक्रमणले माइरोरोड एयरफिल्डको विमान पार्किङ क्षेत्रलाई निशाना बनाएको थियो ।
युक्रेनी सशस्त्र सेनासँग सम्बन्धित पाँच एसयू–२७ लडाकु विमानहरू ध्वस्त पारेको थियो । त्यस समयमा मर्मत भइरहेको थप दुईवटालाई क्षति पुगेको बताइएको छ ।
मन्त्रालयले बन्दको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ । युक्रेनी अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया जारी गरेका छैनन् ।