logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • टिआरसी विधेयकमा सहमती जुटाउन गठित कार्यदलद्वारा प्रारम्भिक छलफल शुरु

    टिआरसी विधेयकमा सहमती जुटाउन गठित कार्यदलद्वारा प्रारम्भिक छलफल शुरु

    469
    Shares
    टिआरसी विधेयकमा सहमती जुटाउन गठित कार्यदलद्वारा प्रारम्भिक छलफल शुरु

    काठमाडौं । संक्रमणकालिन न्यायसँग सम्बन्धित (टिआरसी)विधेयकमा सहमती जुटाउन गठित कार्य दलले छलफल शुरु गरेको छ ।

    बुधबार सिंहदरबारमा बसेको कार्य दलको बैठकले हत्याको परिभाषा कसरी गर्ने, बाल सेना र पीडित सुरक्षाकर्मीको मागलाई कसरी सम्बोधन गर्ने, पीडितले न्यायको खोजीमा फेरी अदालत जान पाउने, नपाउने, घटी सजायको माग दाबी लगायतका चार मुख्य विषयमा सहमती जुटाउनका लागि कार्य दलका आफ्नो प्रारम्भिक छलफल गरेको हो ।

    पीडितलाई न्यायको प्रत्याभुति हुनेगरी विधेयकमा देखिएको विवादका विषयमा सहमती जुटाउने गरी छलफललाई बढाइएको कार्यदलका सदस्य समेत रहेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा नेताबीच सो विधेयकलाई छिटो टुंग्याएर चालु अधिवेशनमा सो विधेयक पारित गर्नेगरी अघि बढने समझदारी भएको छ । पीडितलाई न्याय दिलाउने र पीडितलाई दण्डको व्यवस्था हुनेगरी सो विधेयकमा सहमती जुटाउने गरी छलफल अघि बढाइएको कार्य दलका सदस्य बर्तौलाले बताए ।

    प्रमुख तीन दलको सो विधेयकमा देखिएको विवाद समाधान गर्नका लागि एमाले बर्तौला, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend