
एजेन्सी । पोल्याण्ड र जर्मनीले युरोपेली संघको बाह्य सिमानाको संरक्षण र युरोपेली वायु रक्षा प्रवद्र्धन गर्न सहयोग गर्ने पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बताएका छन् । भ्रमणमा रहेका जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको संयुक्त पत्रकार सम्मेलनमा टस्कले युरोपेली संघको पूर्वी सीमानाको रक्षाका लागि जर्मनी अन्य ईयू सदस्य राष्ट्रहरूसँग जिम्मेवारी बाँडफाँट गर्न तयार रहेको कुरा सुन्दा आफू खुशी भएको बताए ।
पोलिश प्रेस एजेन्सी (पीएपी) का अनुसार पोलिश प्रधानमन्त्रीको कार्यालयमा मंगलबारको बैठक २०१८ पछि पहिलो अन्तर–सरकारी परामर्श थियो । टस्कले भर्खरै पूर्वी शिल्ड भनेर चिनिने बेलारुस र रुससँगको पोल्याण्डको सीमानालाई बलियो बनाउन महत्वपूर्ण पहलको घोषणा गरेको छ ।
यस प्रयासलाई बाल्टिक राज्यहरूले प्रस्ताव गरेको यस्तै परियोजनासँग एकीकृत गर्न वार्ता भइरहेको छ । ईस्ट शिल्ड परियोजना, बाल्टिक राज्यहरूसँगको सहकार्यमा, एक पूर्वाधार हो, जुन युरोपेली सीमाको सुरक्षालाई बलियो बनाउन डिजाइन गरिएको बताए ।
टस्कले सीमालाई प्रभावकारी रूपमा सुरक्षित राख्नु जर्मनीको हितमा पनि रहेको बताए । टस्कले पोल्याण्ड र जर्मनीबीच द्विपक्षीय समाधान र युरोपेली स्काई शिल्ड इनिसिएटिभमा सहयोगको स्वागत गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend