सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा

कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरुले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । बिहीबार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् ।

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक बिरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ ।

कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताए । उनले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताए ।

उनले आन्दोलन असार १४ गतेदेखि शुरु गरेको भएपनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए । उनले लोकसेवा नियमित रुपमा नखुलेको र आफूहरुको वृत्ति विकास पनि रोकिएकाले आन्दोलन गर्नुपरेको बताए ।

उनले भने, ‘हाम्रो कर्मचारीको वृत्ति विकासको हिसावले उपसचिवहरु खासगरी राजपत्राङ्कित द्वितीय श्रेणीका प्राविधिक उपसचिवहरु खालि भइसकेपछि राजीनामा वा अवकाश भइसकेपछि राजपत्राङ्कित तृतीय श्रेणीकाले स्वतः बढुवा हुने अवसर प्राप्त गर्नुपर्ने थियो, त्यो अवसर हामीले पाएनौँ । लोकसेवा नियमित रुपमा खुलेन र यसका लागि हाम्रो वृत्ति विकासलाई निरन्तरताका लागि दबाबका लागि आन्दोलनमा छाँै ।

हामीले २०७५ सालको समायोजनपछि लगत्तैदेखि विभिन्न रुपमा आन्दोलनमा छौँ । त्यसपछि हामी अदालत पनि गयौँ । अदालतबाट परमादेश पनि आयो । बढुवा प्रणाली निरन्तर गर्नुपर्छ भनेर संख्या तोकेर तत्काल खोल भनेर । तर कार्यान्वयन भएको अवस्था छैन । परमादेश कार्यान्वयन नभएपछि मानहानीको मुद्दामा गएका छौँ । त्यो मुद्दाको फैसलाको सयम केही लाग्ला । तर दबाब सँगै लगेका हौँ ।’

उनले अदालतको परमादेश कार्यान्ववयन नभएपछि आफूहरु मानहानीको मुद्दामा अदालत गएको पनि बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend