शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्नेगरी आवश्यक व्यवस्था मिलाइएको छ : मन्त्री शर्मा

नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्नेगरी आवश्यक व्यवस्था मिलाइएको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्ने बताएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन् ।

मन्त्री शर्माले आगामी आर्थिक वर्षलाई आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अघि बढाउन आगामी आर्थिक वर्षलाई प्रारम्भिक वर्षको रुपमा लिई सोही अनुसारको कामको थालनी गर्ने योजना पनि प्रस्तुत गरिन् । उनले सरकारले सूचना प्रविधि दशकलाई राष्ट्रिय प्राथमिकता अभियानको रुपमा अघि बढाउनका लागि निजी क्षेत्रसँगको सहकार्यमा मार्ग चित्र तयारी पारी कार्यान्वयन गर्ने पनि बताइन् ।

मन्त्री शर्माले भनिन्, ‘नेपाललाई सूचना र प्रविधिको हबको रुपमा विकास गर्ने र आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अघि बढाउन आगामी आवलाई प्रारम्भ वर्षको रुपमा लिई तदनुरुपको तयारीको थालनी गर्ने व्यवस्था मिलाइएको छ ।

सरकारले निजी क्षेत्रसँग साझेदारी गरी यस क्षेत्रमा रोजगारी सृजना गर्दै सेवा निर्यात गर्ने वातावरण निर्माण गर्नेछ । सूचना प्रविधि दशकलाई राष्ट्रिय प्राथमिकता अभियानका साथ अघि बढाउन तीन वटै तहका सरकार, निजी क्षेत्र र संवद्ध व्यवसायी समेतको वृहत सहभागितामा १० वर्षे मार्ग चित्र तयारी पारी कार्यान्वयन गर्नुपर्नेछ । ’

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रकोमार्फत सरकारले रोजगारी सृजना गर्दै सो सम्बन्धि सेवा निर्यात गर्न चाहेको पनि उल्लेख गरिन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend