मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

एमालेलक्षित झलनाथको टिप्पणी : कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन

एमालेलक्षित झलनाथको टिप्पणी : कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन

sf7df8f}F, !( c;f/M PsLs[t ;dfhjfbLsf] bzf}+ /fli6«o dxflwj]zg aGb ;q k"j{k|wfgdGqL tyf g]skf -PsLs[t ;dfhjfbL_sf ;Ddflgt g]tf emngfy vgfn sf7df8f}Fsf] sdnfbLl:yt g]kfn k|1f k|lti7fgdf PsLs[t ;dfhjfbL kf6L{sf] bzf}+ /fli6«o dxflwj]zgsf] aGb ;qdf wf/0ff /fVb} . tl:a/M xl//fd e]6'jfn÷/f;;

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उनले दलाल पुँजीवादको संज्ञा दिए । उनले नेपाली कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे । उनले अहिले नेकपा एमाले भित्र भूकम्प गएको बताए । नेकपा (एकीकृत समाजवादी) को विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गरे ।

उनले भने, ‘हाम्रो पार्टीको विकास र बिस्तारलाई रोक्नसक्ने यो देशमा कुनै शक्ति छैन । हरेक हिसावले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ । कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हाबी छ । आम कार्यकर्ताहरुले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन् ।

स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ । जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ कमरेडहरु । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी ३ लाख ५० हजार सदस्यहरुले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ । त्यो पार्टीभित्र व्यापक रुपान्तरणको अभियान चल्नेछ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend