शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरणको बाटो खुल्यो

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरणको बाटो खुल्यो

काठमाडौं । प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभामा टेबल भएको छ ।

आईतवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल गरेका हुन् ।

विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउने बाटो खुलेको छ । प्रतिनिधि सभाको अर्को बैठक असार २४ गते सोमवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend