
वीरगञ्ज, पर्सा । पर्सा प्रहरीले बिना बिलको एक करोड ८९ लाख रुपैयाँ पर्ने हार्डवेयरका सामान बरामद गरेको छ । प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेको ना६ख ४०५८ र ना३ख १८७ नं को दुई ट्रकबाट सो समान बरामद गरेको हो ।
प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार बरामद गरिएको सो समान राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend