सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छः सांसद सापकोटा

पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छः सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादी केन्द्रले सशक्त प्रतिवाद गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले धर्म निरपेक्षता र समावेशि समानुपातिक प्रतिनिधित्व प्रणाली वर्तमान संविधानको सुन्दरता भएको बताएका हुन् ।

उनले संविधानको यो सुन्दरता विपरित गएर संविधान संशोधन हुन नसक्ने बताए । उनले पश्चगामी सोचाईका साथ संविधान संशोधनमा गिद्धेनजर लगाइए माओवादी केन्द्रले संसद र सडकबाट सशक्त प्रतिवाद गर्ने बताए ।

उनले कांग्रेस–एमालेले संविधानको सुन्दरतामाथि प्रहार गरेमा सम्बन्धित जाति, समुदाय, क्षेत्र, लिङ्ग र वर्गले प्रतिवाद गर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने बताए । उनले जनताका अधिकारहरुलाई सुदृढ गरेर र समयानुकुल परिवर्तन गरेर संशोधन गर्ने कुरामा भने माओवादी सहमत रहने बताए ।

उनले भने – ‘हाम्रो भनाई के हो भने यस्तो पश्चगामी सोचाईका साथ उहाँहरु संविधान संशोधनमा गिद्धेनजर लगाउन थाल्नुभएको हो भने त्यसको संसद र सडकबाट पनि हामीले प्रतिवाद नगरेपनि सम्बन्धित अधिकार प्राप्त गरेका जाति, समुदाय, क्षेत्र, लिङ्ग, वर्गले प्रतिवाद गर्छ । त्यसबेला त्यसको नेतृत्व हामीले गर्नैपर्छ ।

त्यो अधिकार हनन गर्ने, खोस्ने र संविधानको सुन्दरतामाथि उहाँहरुले हमला गर्न थाल्नुभयो भने त्यसको प्रतिकार गर्नुको त अरु हामीसँग के विकल्प रहन्छ र ? जनताका अधिकारहरुलाई सुदृढ गरेर, समयानुकुल परिवर्तन र संशोधन गर्दै जाने कुरामा माओवादी पछि हट्दैन । तर प्राप्त भएका उपलब्धिहरुका माथि हमला गर्ने, खोसिने, कटौती गरिने, गिद्धेनजर लगाउने भयो भने त त्यसको सशक्त ढंगले प्रतिवाद हुन्छ ।’

उनले प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने बताए । प्रधानमन्त्रीले विश्वासको मत लिन संविधानमा भएको व्यवस्थालाई लोकतान्त्रिक ढंगले अभ्यास गर्न लागेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend