logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमाले-माओवादी समिकरण भत्किनुको कारणबारे ओलीले जवाफ दिनुपर्छ : सांसद दाहाल

    एमाले-माओवादी समिकरण भत्किनुको कारणबारे ओलीले जवाफ दिनुपर्छ : सांसद दाहाल

    497
    Shares
    एमाले-माओवादी समिकरण भत्किनुको कारणबारे ओलीले जवाफ दिनुपर्छ : सांसद दाहाल

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमाले–माओवादी केन्द्रको समिकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन् । मङ्गलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै पस्तावमा एमाले–माओवादी केन्द्रको समिकरण बनेको भएपनि बिना कारण समिकरण भत्काइएको बताएका हुन् ।

    उनले समिकरण शुरु गर्नुको उद्देश्य र भत्काउनुको कारणका बारेमा ओलीले प्रष्ट पार्नुपर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समिकरण तोड्नुको कारण के हो भनि प्रश्न गरे ।

    धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले वा बेचन झा र प्रतिक थापालाई पक्राउ गर्नाले समिकरण भत्काएको हो भनेर उनले प्रश्न गरे । चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राखेको भएमात्रै संविधान संशोधन गर्न पाउने भन्दै सांसद दाहालले जनतालाई नझुक्याउन चेतावनी दिए ।

    उनले भने – ‘प्रश्न गर्नुपर्छ, केपी ओलीलाई । यहाँले जुन उद्देश्यसहित सहकार्य शुरु गर्नुभयो । अहिले कुन उद्देश्यसँग केन्द्रीत भएर यो सहकार्य तोड्नुभयो ? जुन उद्देश्यसहित केन्द्रीत रहेर सत्ता सहकार्य शुरु गर्यौँ, जतिबेला हामीले सत्ता सहकार्य शुरु गरेका थियौँ प्रचण्डले लिनुभएको सुशासन, समृद्धि र सामाजिक न्यायको केन्द्रीय कार्यभार पूरा गर्ने सङ्कल्प पछि हटेको थिएन । उहाँलाई थाहा थियो ।

    पछिल्लो समय के कारणले हामी बिचको समिकरण तोडियो ? यो त जवाफ दिनैपर्छ । के कारणले सहकार्य शुरु गर्यौँ ? र के कारणले हाम्रा समिकरण भत्किए ? चार महिनाको बिचमा प्रधानमन्त्रीको तर्फबाट के गर्नुपथ्र्यो र के गर्नु भएन ? भन्ने विषयमा पनि यहाँले जवाफ दिनैपर्छ । के धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्न सकिएन त्यसकारण सहकार्य टुट्यो ? भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै जाने क्रममा बेचन झा र प्रतिक थापाको गिरफ्तारी भयो ।

    त्यही कारणले सहकार्य टुट्यो ? जवाफ त दिनैपर्छ । संविधान संशोधनसँग जोडिएर सहमती भएको विषयवस्तु उठेका छन्, संविधान संशोधन त्यतिबेला गर्न पाउनुहुन्छ, जतिबेला तपाईहरुले निर्वाचनमा चुनावी घोषणापत्रमा संविधान संशोधनका मुद्दा राख्नुपथ्र्यो । जनतालाई झुक्याउने ?’

    सांसद दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि संविधान संशोधन गर्न सकिने बताए । उनले कांग्रेस र एमालेका बीचमा भएको भनिएको सहमतिलाई बदनियतपूर्ण र प्रतिगामी सहमती भएको टिप्पणी गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend