सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्नुपर्छ : सांसद खान

सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्नुपर्छ : सांसद खान

काठमाडौं । जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उनले बताएका हुन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद खानले स्वास्थ्य क्षेत्रमा आवश्यक दरबन्दीको तत्काल व्यवस्था गर्न र स्वास्थ्य सामग्री खरिद र वितरण प्रणाली पारदर्शी बनाउन पनि सरकारलाई दबाब दिए ।

उनले भने, ‘अहिले हाम्रो मुलुकम कम्तिमा पनि ६३ हजार २६० जना स्वास्थ्य क्षेत्रमा कर्मचारी आवश्यक छ । तर ३० हजार मात्रै दरबन्दी छ । २०४८ सालदेखि अहिलेसम्म दरबन्दी खोलिएको छैन । स्वास्थ्य मन्त्रालयलाई यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । उपकरण खरिद तथा वितरण प्रणालीलाई पारदर्शी बनाउन, थन्किएर बसेका उपकरणहरुलाई चाहिएको ठाउँमा पु¥याउन आवश्यक रहेको छ ।

सभामुखज्यु, प्रत्येक नागरिकलाई रोजगारीको हक छ भन्नेकुरा संविधानको धारा ३३ ले ग्यारेन्टी गरेको छ । दैनिक २ हजार नेपालीले राजगारीका लागि देश छाडने गरेका छन् । तसर्थ संविधानले मौलिक हकको रुपमा ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्यालाई समाधान गर्न सम्माननीय सभामुखज्यूमार्फत नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु ।’

सांसद खानले २०४८ सालदेखि स्वास्थ्य दरबन्दी नखुलाइएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend