logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • रारा विमानस्थलमा अवरुद्ध भएको सात दिनपछि उडान सञ्चालन

    रारा विमानस्थलमा अवरुद्ध भएको सात दिनपछि उडान सञ्चालन

    364
    Shares
    रारा विमानस्थलमा अवरुद्ध भएको सात दिनपछि उडान सञ्चालन

    मुगु । मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अविरल वर्षाका कारण सात दिनदेखि अवरुद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो ।

    रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरू मुगुमै बस्न बाध्य थिए ।

    कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध हुँदै आएको थियो । “गाडीबाट जाऊँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो”, छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend